यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति आज एक दिन शोक बिदा
यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति आज एक दिन शोक बिदा

साथै हिजोकै बैठकले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग पनि गठन गरेको छ।

    • Bell Sanchar

    • २ माघ २०७९, सोमबार

पोखरामा हिजो बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति शोक प्रकट गर्न सरकारले आज एक दिन शोक बिदा दिइएको छ।

विमान दुर्घटनापछि लगत्तै बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले मुलुकभर शोक बिदा दिने निर्णय गरेको हो।

आन्तरिक उडानमा हालसम्मकै ठूलो क्षति भएको भन्दै मन्त्रिपरिषद् बैठकले शोक बिदा दिने निर्णय गरेको थियो।  यस्तै आज राष्ट्रिय झन्डा आधा झुकाइने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

साथै हिजोकै बैठकले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग पनि गठन गरेको छ।

आइतबार काठमाडौँदेखि पोखराका लागि उडेको यती एअरको विमान पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त बनेको थियो।

जसमा १५ जना विदेशीसहित ५३ जना नेपाली यात्रु र  चार जना चालकदलका सदस्य थिए। आइतबार रातिसम्म ६८ जनाको शव निकालिसकिएको थियो।

सोमबार बिहानैदेखि हराइरहेका ४ जनाको शव खोजी जारी रहेको प्रहरीले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित