सांसद विमलेन्द्र निधि ,हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा ओलीलाई दुःख लाग्यो
सांसद विमलेन्द्र निधि ,हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा ओलीलाई दुःख लाग्यो
    • Bell Sanchar

    • ५ माघ २०७९, बिहीबार

काठमाडौं , नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले आफूहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोमा एमाले खुसी हुनुपर्ने बताएका छन् ।

सभामुखको निर्वाचनका क्रममा भएको छलफलमा भाग लिँदै कांग्रेस पूर्व उपसभापति समेत रहेका निधिले प्रतिनिधिसभा फेरि विघटन हुने हो कि चिन्ता लागेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बलयगाढामा चढेर अमेरिका पुगिदैन, संघीय प्रणाली बाध्यताले स्वीकार गरेको जस्ता टिप्पणी गरेको स्मरण गर्दै उनले भने, ‘

संघीयता, गणतन्त्र त खतरामा पर्ने होइन ?’त्यस्तो नहोस् भनेर आफूहरुले विश्वासको मत दिएको, तर एमालेलाई चिन्ता लागेको उनले बताए ।

कांग्रेस सांसद निधिले अघि भने, ‘आफूले प्रस्ताव गरेको प्रधानमन्त्रीलाई विपक्षीले मत दिँदा त खुसी व्यक्त गर्नु पर्ने हो, उहाँलाई दुःख लागेको छ । के भएको यो ?’

साताकाे चर्चित
सम्बन्धित