कर्णालीकी प्रदेशकी सभामुख नन्दा गुरुङले गरिन् पार्टी सदस्यता परित्याग
कर्णालीकी प्रदेशकी सभामुख नन्दा गुरुङले गरिन् पार्टी सदस्यता परित्याग
    • Bell Sanchar

    • ११ माघ २०७९, बुधबार

सुर्खेत । कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेकी छिन् ।

सभामुख गुरुङले बुधबार एक विज्ञप्ति जारी गर्दै पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन् ।

नेकपा एमालेको प्रदेश कमिटी सदस्य रहेकी गुरुङ सत्ता गठबन्धनका तर्फबाट माघ १ गते सभामुखमा निर्वाचित भएकी थिइन् ।

जारी विज्ञप्तिमार्फत् सभामुख गुरुङले भनेकी छिन्, ‘सभामुख पदका हिसाबले साझा भूमिकाका रहनुपर्ने भएकोले संवैधानिक प्रावधानप्रति प्रतिवद्ध हुँदै म आवद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी र आवद्धताबाट अलग भएको घोषणा गर्दछु ।’

साताकाे चर्चित
सम्बन्धित