राहुल गान्धीसँग किन हिँडिन् अभिनेत्री उर्मिला?
राहुल गान्धीसँग किन हिँडिन् अभिनेत्री उर्मिला?
    • Bell Sanchar

    • ११ माघ २०७९, बुधबार

बलिउड अभिनेत्री तथा राजनीतिज्ञ उर्मिला मातोन्डकर राहुल गान्धीको ‘भारत जोडो यात्रा’ मा सहभागी भएकी छन्।

उनी मंगलबार राहुल गान्धीसँग हिमाचल प्रदेशको नगरोटा सहरमा हिँडेकी थिइन्। कांग्रेस कार्यकर्ताले उनको खुलेर स्वागत गरेका थिए।

उनले ट्वीटरमार्फत सामेल भएको भिडिओ राख्दै भनेकी छन्, ‘जाडो महिनामा म राहुल गान्धीको भारत जोडो यात्रामा सहभागी हुँदैछु। दुनियाँ प्रेम र सद्भावमा चल्छ, डर र घृणामा चल्दैन। मेरो लागि यस यात्राको मूल्य राजनीतिभन्दा बढी सामाजिक हो। सामाजिक मूल्यमा हिँड्ने यात्रासँग जोडिँदै छु। भारतीयपनको दियो सबैको दिलमा बलिरहन्छ। यो दियो यसैगरी बलिरहोस्।’

उर्मिला सन् १९९० दशककी लोकप्रिय बलिउड कलाकार हुन्।

उनले सन् २०१९ मा कांग्रेस पार्टीबाट राजनीतिमा प्रवेश गरेकी थिइन्। पार्टीमा प्रवेश गरेको ६ महिनापछि राजीनामा दिँदै शिवसेनामा सामेल भएकी थिइन्।

तेलंगाना राज्य कांग्रेसले यात्राको संयोजन गर्न १० विशेष समिति गठन गरेको छ। सात सेप्टेम्बरमा कन्याकुमारीबाट सुरू भएको यात्रा गान्धीले तेलंगानाबाट सुरू गरेका थिए।

यसअघि राहुल गान्धीको ‘भारत जोडो यात्रा’ मा बलिउड अभिनेत्री पूजा भट्ट, कमल हसनलगायत सहभागी भएका थिए।

 

साताकाे चर्चित
सम्बन्धित