पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक
पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक
    • Bell Sanchar

    • १६ माघ २०७९, सोमबार

काठमाडौँ,    

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ।

सोमबार दिउँसो भएको बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी छन्।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। माओवादीले स्थायी समिति बैठक स्थगित गरेर पदाधिकारी बैठक बोलाएको हो।

पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे पनि छलफल हुने एक नेताले बताए। माओवादीले नै गृह मन्त्रालय राख्ने गरी छलफल भइरहेका छन्। तर राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूले गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको छ।

रास्वपाबाट सभापति रवि लामिछाने यसअघि उपप्रधान एवं गृहमन्त्री थिए। गत शुक्रबार नागरिकता मुद्दामा उनको सांसद पद बदर भएसँगै उपप्रधान र गृह मन्त्रीबाट उनले राजीनामा दिएका थिए।

आइतबार नेपाली नागरिकता कायम गरेसँगै लामिछाने रास्वपा सभापति भइसकेका छन् भने उनले प्रधानमन्त्रीलाई भेटेर आफूलाई गृह मन्त्रीमा पुन: नियुक्ति गर्न आग्रह गरिरहेका छन्।

माओवादीभित्र भने महत्वपूर्ण मन्त्रालय पार्टीसँग नरहेको भन्दै गृह मन्त्रालय राख्न प्रधानमन्त्रीमाथि दवाव छ।

 

साताकाे चर्चित
सम्बन्धित