आयुष्मानको ‘ड्रिम गर्ल २’ को टिजर रिलिज, पूजाले बताइन् ‘पठान’ लाई फिल्मको रिलिज डेट (भिडिओ)
आयुष्मानको ‘ड्रिम गर्ल २’ को टिजर रिलिज, पूजाले बताइन् ‘पठान’ लाई फिल्मको रिलिज डेट (भिडिओ)
    • Bell Sanchar

    • २ फाल्गुन २०७९, मंगलवार

काठमाडाैं, बलिउड अभिनेता आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल’ लाई दर्शकले रूचाएका थिए।

बक्स अफिसमा सफलता हासिल गरेसँगै फिल्मको दोस्रो भाग बन्ने भएको छ। मंगलबार एक टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको छ।

फिल्ममा आयुष्मान पूजाकाे भूमिकामा देखिनेछन्। सार्वजनिक टिजरमा पूजाले ‘पठान’ सँग फोनमा कुरा गरिरहेको देखाइएको छ।

उक्त भिडिओमा शाहरूखले आफ्नो फिल्म ‘जवान’ छिट्टै आउने बताएका छन् भने आयुष्मानले आफ्नो फिल्म ‘ड्रिम गर्ल २’ जुलाई ७ मा रिलिज हुने बताएका छन्। फिल्मको टिजर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा बटुलिरहेके छ।

शाहरूख खान र नयनतारा अभिनीत फिल्म ‘जवान’ जुन २ मा रिलिज हुनेछ। हाल शाहरूखको फिल्म ‘पठान’ प्रदर्शन भइरहेको छ। यो फिल्मले बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ।

राज शान्दिल्या लिखित तथा निर्देशित फिल्म ‘ड्रिम गर्ल २’ मा एकता कपूर र शोभा कपूरको लगानी रहेको छ।

फिल्ममा आयुष्मानसँगै अनन्या पाण्डे, परेश रावल, अनु कपूर, विजय राज, राजपाल यादव, सीमा पहवा, गोवर्धन अस्रानी, अभिषेक बनेर्जी, मन्जोत सिंह, मनोज जोशी, अनुशा मिश्रालगायत कलाकारको अभिनय रहने छ।

साताकाे चर्चित
सम्बन्धित