केदार श्रेष्ठको निर्देशनमा ‘छुकछुक छुकछुक’ बोलको गीत सार्वजनिक (भिडिओ)
केदार श्रेष्ठको निर्देशनमा ‘छुकछुक छुकछुक’ बोलको गीत सार्वजनिक (भिडिओ)
    • Bell Sanchar

    • ७ फाल्गुन २०७९, आईतवार

काठमाडौं । केदार श्रेष्ठको निर्देशनमा ‘छुकछुक छुकछुक’ बोलको गीत सार्वजनिक भएको छ।

शनिबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीतको भिडिओ सार्वजनिक गरिएको हो।

जागृत रायमाझीको शब्द तथा संगीत रहेको गीतमा सुरज पण्डितको स्वर सुन्न सकिन्छ। मल्लाज प्रोडक्सनको प्रस्तुति रहेको देशमा भएको बेथितिले गर्दा लाखौं युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएको कथालाई प्रस्तुत गरिएको छ।

रोजगारीको शिलशिलामा विदेश पलायन भएका युवायुवतीलाई नेपाल फर्किन र अहिले भइरहेको बेथितिविरूद्ध आवाज उठाउन आह्वान समेत गरेको छ।

गीतमा गायक सुरजसँगै सबिना गोपाली, सेबिता अधिकारी, शंकर भण्डारी, शक्ति राई, रेजिना बस्नेत, होमबहादुर आचार्य, अदिति आचार्यलगायत कलाकारको अभिनय छ।

सरून मानन्धरले छायांकन गरेको म्युजिक भिडिओलाई प्रतिक सिंहले सम्पादन गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित