यस्तो छ रानी मुखर्जीको फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’ को ट्रेलर (भिडिओ)
यस्तो छ रानी मुखर्जीको फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’ को ट्रेलर (भिडिओ)
    • Bell Sanchar

    • १२ फाल्गुन २०७९, शुक्रबार

काठमाडाैं, बलिउड अभिनेत्री रानी मुखर्जी अभिनीत फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’ को ट्रेलर सार्वजनिक भएको छ।

बिहीबार ‘जि स्टुडियो’ युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा रानी आमाको भूमिकामा देखिएकी छन्।

रानी आफ्नो श्रीमान र दुई सन्तानसँग नर्वेमा बस्छिन्। एक दिन रानी खराब आमा रहेको भन्दै बाल सुरक्षा सेवाले दुवै सन्तान उनीबाट खोस्छन्।

त्यसपछि उनले आफ्नो सन्तान पाउन पूरै देशविरूद्ध लडाइँ गर्छिन्।

यो फिल्म वास्तविक घटनाबाट प्रेरित छ। फिल्मको कथा समीर सतिजा, अश्मिा छिब्बर र राहुल हन्डाले तयार पारेका हुन्।

आशिमा छिब्बरले निर्देशन गरेको फिल्ममा रानीसँगै अर्निबान भट्टाचार्य, जिम सरभ, नीना गुप्तालगायत कलाकारको अभिनय छ।

जि स्टुडियो र एम्मे इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा मोनिषा अडवानी, मधु भोजवानी र निखिल आडवाणी छन्।

यो फिल्म मार्च १७ देखि प्रदर्शन हुनेछ।

साताकाे चर्चित
सम्बन्धित