धनगढीका व्यवसायीले चर्को व्याजदरविरुद्ध आन्दोलन
धनगढीका व्यवसायीले चर्को व्याजदरविरुद्ध आन्दोलन
    • Bell Sanchar

    • १८ फाल्गुन २०७९, बिहीबार

बैंकले पछिल्लो समय बढाएको चर्को व्याजदरविरुद्ध आन्दोलनरत कैलालीका व्यवसायीले आज बैंककमा पैसा जम्मा नगरेर नयाँ शैलीको विरोध गर्ने भएका छन् ।

बढाएको व्याजदर फिर्ता लिन दबाबस्वरुप व्यवसायीले एक दिन नगद जम्मा नगरी विरोध जनाउन लागेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

बैंकले ब्याजदरमा चर्को मूल्य बढाएपछि व्यवसायबाट पलायन हुने अवस्था आएको भन्दै केही दिनदेखि व्यवसायी आन्दोलननमा उत्रेका छन् । उनीहरु दैनिक दुई घण्टा व्यापार बन्द गरेर आन्दोलन गर्दैआएका छन् ।

हिजो बुधबार व्यवसायीले ब्याजदर फिर्ता हुनुपर्ने माग गर्दै धनगढीको नेपाल राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गरेका थिए । बैङ्क तथा वित्तीय संस्थाले एकैचोटी ब्याजदर बढाएर १७ प्रतिशसम्म बनाएपछि व्यवसायी आन्दोलित भएका छन् ।

यसअघि मासिक सात देखि आठ प्रतिशत लिइँदै आएको ब्याजदर एकैचोटी बैंकहरुले आधाभन्दा बढी बढाएर १७ प्रतिशत बनाएपछि ऋाण तिर्न नसकिने भन्दै व्यवसायी आन्दोलनमा उत्रेका छन् ।

चर्को ब्याजले व्यवसाय धरासयी भएको उनीहरुको गुनासो छ । आफूहरुको माग सुनुवाई नभए आगामी चैत १ गतेदेखि थप कडा आन्दोलनका कार्यक्रम ल्याउने उनीहरुको चेतावनी छ ।

साताकाे चर्चित
सम्बन्धित