प्रधानमन्त्री दाहाल ,चैत १० गतेसम्म सरकार विस्तार हुन्छ
प्रधानमन्त्री दाहाल ,चैत १० गतेसम्म सरकार विस्तार हुन्छ
    • Bell Sanchar

    • ३ चैत्र २०७९, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन्।

शुक्रबार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए।

प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरूसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताए।

उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ।

त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु।’

प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनै पनि अप्ठ्यारो नरहेको बताए।

साताकाे चर्चित
सम्बन्धित