दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स डब्लूपिएल च्याम्पियन
दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स डब्लूपिएल च्याम्पियन
    • Bell Sanchar

    • १३ चैत्र २०७९, सोमबार

काठमाडौं ।

मुम्बई इन्डियन्सले पहिलो सिजनको वुमन्स प्रिमियर लिग (डब्लूपिएल) टी-२० को उपाधि जितेको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गरेको डब्लूपिएलको पहिलो सिजनको उपाधि जित्ने क्रममा मुम्बईले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्‍यो।

दिल्लीले दिएको १३२ रनको लक्ष्य मुम्बईले ३ बल बाँकी छदा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

मुम्बईका लागि नाट सेभर ब्रुन्टले नटआउट ६० रन जोडिन्। कप्तान हर्मनप्रित कौरले ३७ रन बटुलिन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेटको क्षतिमा १३१ रन मात्र जोड्न सक्यो।

उसका लागि कप्तान तथा ओपनर मेग लानिङले ३५ रन जोड्दा शिखा पाण्डेले नटआउट २७ रन जोडिन्। अन्य ब्याटर सस्तैमा आउट भए।

बलिङमा मुम्बईकी इसी वोङ र हार्ली म्याथ्युजले ३-३ विकेट लिए भने अमिलिया केरले २ विकेट हात पारिन्।

प्रतियोगिताभर कुल १६ विकेट  र २७१ रन जोडेकी म्याथ्युज प्लेयर अफ दि सिरिज घोषित भइन्।

उपाधिसँगै मुम्बईले ६ करोड भारु र उपविजेता दिल्लीले ३ करोड भारु पुरस्कार पाएका छन्।

साताकाे चर्चित
सम्बन्धित