नेप्से १०.८७ अंकले घट्यो
नेप्से १०.८७ अंकले घट्यो
    • Bell Sanchar

    • १६ चैत्र २०७९, बिहीबार

काठमाडौं ।

सेयर बजारमा बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि सुस्त बन्दै गएको छ ।

लगातार दोस्रो कारोबार दिन पनि कारोबार रकम १ अर्ब भन्दा तल झरेको हो । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १०.८७ अंकले गिरावट हुँदा १९०८.५५ अंकमा बन्द भएको छ ।

होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेक सबै उपसूचमा गिरावट भएका छन् । होटल तथा पर्यटन उपसूचक ०.५० प्रतिशतले बढेको छ ।

सेयर बजार परिसूचक नेप्से घटेर लल्लो विन्दुमा आउँद लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका छन् । जसले कारोबार रकम पनि घट्दै गएको छ ।

नेप्सेमा सुस्त बन्दै गर्दा पनि कारोबार रकम लगातार १ अर्ब माथि भएपनि बुधबार र बिहीबार भने १ अर्बबाट तल झरेको हो ।

बुधबार करिब ८२ करोडको सेयर कारोबार भएको बजारमा बिहीबार ८९ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

२६ हजार ४३४ वटा कारोबारमा २७ लाख ५० हजार ६५५ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा उक्त रकमको कारोबार भएको हो ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ५ करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ३ करोड १२ लाख र जीवन विकास लघुवित्तको २ करोड १४ लाखको कारोबार भएको छ ।

साताकाे चर्चित
सम्बन्धित