निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी ,अर्थमन्त्री महत
निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी ,अर्थमन्त्री महत
    • Bell Sanchar

    • २८ चैत्र २०७९, मंगलवार

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताएका छन्।

मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधरण सभामा अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रले व्यापारमा मात्रै नभई उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।

उनले मुलुकका हरेक संयन्त्रमा समस्या रहेको भन्दै सबैले सुधार गर्न आवश्यक रहेको बताए।

अर्थमन्त्री महतले सरकार पनि प्रभावकारी र पारदर्शी बनाउन आवश्यक रहेको बताए।

उनले निजी क्षेत्रले उत्पादनमुलक उद्योग व्यवसायमा लगानी केन्द्रित गरे सरकारले लगानीको वातावरण सहज बनाउन अल्पकालिन,मध्यकालीन र दीर्घकालीन उपायको व्यवस्था गर्ने पनि बताए।

उनले भने,,‘सरकारका पनि कमी कमजोरीहरू रहेका छन् । सरकारले समयमा नै खर्च गर्नसकेको छैन । त्यो स्वीकार गर्नुपर्छ ।

समग्र सरकार र निजी क्षेत्र सबैतिर समस्या रहेको छ । राजनीतिक,निजी क्षेत्र र कर्मचारी तन्त्रमा समेत समस्या छ ।

त्यसैले सरकारको प्रभावकारिता बढ्न जरुरी छ । पारदर्शीता बढाउन जरुरी छ । निजी क्षेत्रको पनि व्यापारमा मात्रै केन्द्रित भइरहेको अवस्था छ ।

अब लगानीतर्फ केन्द्रित गर्न जरुरी छ । सरकारले लगानीको वातावरण सहज बनाउनको लागि अल्पकालिन,मध्यकालिन र दीर्घकालिन उपायहरू गर्छौं ।’

अर्थमन्त्री डा.महतले अन्तर्राष्ट्रिय स्तरमा भइरहेका युद्धहरूको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि ४ प्रतिशतभन्दा माथि हुने बताए।

अन्तर्राष्ट्रिय परिस्थिति राम्रो र युद्धको अन्त्य हुन सके नेपालको आर्थिक विकास,रुपान्तरण,पुँजी विकास र उद्योग व्यवसायमा लगानीका समस्या समाधान गरी अर्थतन्त्रमा सकारात्मक सुधार हुने उनले विश्वास व्यक्त गरे।

तत्कालका लागि सरकारको सम्पूर्ण ध्यान पुँजीगत खर्च गर्ने क्षमता प्रभावकारी बनाउने र साधरण खर्चलाई कम गर्नेमा रहेको उनको भनाइ थियो।

साताकाे चर्चित
सम्बन्धित