प्राविधिक समस्या देखिएको फ्लाई काठमाडौंमा आकस्मिक अवतरण नहुने
प्राविधिक समस्या देखिएको फ्लाई काठमाडौंमा आकस्मिक अवतरण नहुने
    • Bell Sanchar

    • ११ बैशाख २०८०, सोमबार

काठमाडौं 

एउटा इन्जिनमा आगो लागेर आकस्मिक अवतरणको तयारी गरेको विमान दुबई उडेको छ । सोमबार राति काठमाडौंबाट दुबई उड्न लागेको फ्लाइ दुबईको विमान इन्जिनमा आगो लागेपछि केहीबेर काठमाडौं र धादिङको आकाशमा होल्ड गरिएको थियो ।

एउटा इन्जिनले राम्रो काम गरेको भन्दै चालकले उडानको अनुमति मागेका थिए । त्रिभुवन विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले सो विमान गन्तव्यमा लागेको बेल संचारलाई जानकारी दिए । विमानमा १२० नेपाली र ४९ जना विदेशी नागरिक छन् ।

 

साताकाे चर्चित
सम्बन्धित