प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच छलफल संसदको हिउँदे अधिवेशन अन्त्यका लागि
प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच छलफल संसदको हिउँदे अधिवेशन अन्त्यका लागि
    • Bell Sanchar

    • १३ बैशाख २०८०, बुधबार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच संसदको हिउँदे अधिवेशन अन्त्यका लागि छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको भेटमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले रूसको संघीय संसद उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमण बारे जानकारी गराएका थिए ।

साथै संवैधानिक परिषदसम्बन्धी विधेयक पारित गरेर  संसद अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित