नेपालले पहिले ब्याटिङ गर्दै कुवेतविरुद्ध
नेपालले पहिले ब्याटिङ गर्दै कुवेतविरुद्ध
    • Bell Sanchar

    • १६ बैशाख २०८०, शनिबार

काठमाडौं

एसिसी प्रिमियर कपअन्तर्गत कुवेतविरुद्धको सेमिफाइल खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा कुवेतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने नेपालको योजना छ । कुवेत पनि सोही लक्ष्यमा छ । घरेलु मैदानमा जारी प्रतियोगिताको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनल पुगेको हो ।

नेपाल फाइनल प्रवेश गरे एसिया कप छनोटको एक खुड्किलो पार गर्नेछ । कुवेतलाई पराजित गरे नेपालले फाइनलमा ओमान र युएईबीचको विजेतासँग खेल्नेछ । फाइनल जिते नेपालले भारत र पाकिस्तान सम्मिलित एसिया कप खेल्न पाउँनेछ ।

नेपाल पछिल्लो समय विश्व लीग २ देखि नै शानदार लयमा छ ।

२०१२ मा एसीसी ट्रफीमा नेपाल कुवेतसँग पराजित भएको थियो । २८१ रनको लक्ष्य दिँदा पनि नेपाल ४ विकेटले पराजित हुन पुगेको थियो । यद्यपी नेपालले युएईसँग बराबरी खेल्दै उपाधि भने अन्ततः बाँड्न पुगेको थियो ।

आजै हुने अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएई र समूह ‘ए’ को उपविजेता ओमानबीच पनि सोही समयमा प्रतिस्पर्धा हुँदै छ । यो खेल मुलपानी क्रिकेट रंगशालामा हुनेछ । प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।

 

साताकाे चर्चित
सम्बन्धित