नागरिक उन्मुक्ति पार्टीले सरकारविरुद्ध आन्दोलनको घोषणा
नागरिक उन्मुक्ति पार्टीले सरकारविरुद्ध आन्दोलनको घोषणा
    • Bell Sanchar

    • ३ जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

सत्तारूढ नागरिक उन्मुक्ति पार्टीले सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

पार्टीका संस्थापक रेशम चौधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको आदेश आएको भोलिपल्ट (बुधवार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न उन्मुक्ति पार्टीले सरकारसँग माग गरेको छ ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने हो भने आफूहरूसँग आन्दोलन गर्नुको विकल्प नरहेको पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बताए ।

आन्दोलनको कार्यक्रमअन्तर्गत तीन दिने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

‘टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले हल गर्न अनुरोध गर्दछौं,’ उनले भने, ‘एक सम्मानित सर्वोच्च अदालतले लाल आयोग प्रतिवेदनलाई सार्वजनिक गर्न दिएको आदेश पालना गर्नुपर्छ र सार्वजनिक गर्नु पर्दछ । लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक गरेन हाम्रो अर्को विकल्प छैन । हामी आन्दोलन गर्न विवश हुनेछौँ ।’

आन्दोलन कार्यक्रमअनर्गत उन्मुक्ति पार्टीले राँके जुलुस, कोणसभा र नेपाल बन्द गर्नेसम्मको घोषणा गरेको छ ।

नागरिक उन्मुक्तिको तर्फबाट अध्यक्ष रन्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री छन् ।

साताकाे चर्चित
सम्बन्धित