राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको कार्य सम्पादन समिति बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको कार्य सम्पादन समिति बैठक बस्दै
    • Bell Sanchar

    • ७ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालको कार्य सम्पादन समिति बैठक आज (आइतवार) बस्दै छ ।

मंगलवार बस्ने केन्द्रीय समिति बैठकको तयारीका सन्दर्भमा आज काठमाडौँमा कार्य सम्पादन समिति बैठक बस्न लागेको हो ।

मंगलवार र बुधवार बस्ने केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार आजको कार्य सम्पादन समिति बैठकमा अध्यक्ष थापाको कार्यपत्रसहित महामन्त्रीहरू भाष्कर भद्रा,सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशवराज श्रेष्ठले क्रमश: सचिवालय, प्रशिक्षण,संगठन र स्मार्ट पार्टी निर्माण सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले पेश गर्ने आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित