३ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अझै शुरू हुन सकेको छैन
३ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अझै शुरू हुन सकेको छैन
    • Bell Sanchar

    • १२ जेष्ठ २०८०, शुक्रबार

 काठमाडौं । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक अझै शुरू हुन सकेको छैन ।

विरोधपछि २० मिनेटका लागि स्थगित भएको बैठक ३ बजे शुरू हुने भनिएको थियो । तर, साढे ३ बजेसम्म पनि बैठक शुरू हुन सकेको छैन ।

शुक्रवारको बैठकमा एमालेका पदम गिरीले सत्तापक्षका सांसदले प्रतिपक्षी दलका नेतामाथि लगाएको आरोप सम्बन्धमा सरकारको जवाफ माग गरेपछि विवाद उत्पन्न भएको थियो ।

सरकारको जवाफ माग गर्दै एमालेले संसद् अवरुद्ध गरेको थियो । एमालले वेल घरेपछि बैठम स्थगित भएको थियो ।

गिरीले प्रतिपक्षमाथि सत्तापक्षबाट नियोजित ढंगले आक्रमण भएको आरोप लगाएका छन् ।

संसद्‌मा बोल्ने क्रममा माओवादी सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिको जलहरी राख्ने क्रममा सुन भनेर पित्तल राखेको बताएका थिए ।

null

साताकाे चर्चित
सम्बन्धित