कक्षा ११ को परिक्षामा मालिका मावि धापामा ९९ विद्यार्थी सहभागी
कक्षा ११ को परिक्षामा मालिका मावि धापामा ९९ विद्यार्थी सहभागी
    • उमेश बुढा

    • २२ जेष्ठ २०८०, सोमबार

 

 जुम्ला ।

जुम्लाको सिँजा गाउँ पालिका वडा नम्बर १ मा रहेको मालिका माध्यमिक विद्यालय धापामा कक्षा ११ को परिक्षामा ९९ विद्यार्थी परिक्षा सञ्चालन भएको पहिले दिनमा सहभागी भएका छन् ।

कक्षा ११ को परिक्षा दिने जम्मा विद्यार्थी १ सय ९ जना भएता पनि परिक्षाको सुरुवात दिन अङ्ग्रेजी विषयको दिनमा ९९ विद्यार्थी मात्र सहभागी भएको प्राधानाध्याप प्रयोक राज खत्रीले बताउनु भयो ।

प्रधानाध्याप खत्रीका अनुसार परिक्षा बिहान ७ बजेदेखि सुरु भएर १० बजेसम्म सञ्चालन भइरहेको छ ।

जेठ महिनाको २१ गतेबाट सुरु भएको परिक्षा जेठको २६ गते सकिने खत्रीले बताए ।

परिक्षा शान्त वातावरण र मर्यादित रुपमा सञ्चालन भइरहेको छ ।

यसरी घर नजिकै कक्षा ११ को परिक्षा दिन पाउँदा परिक्षार्थी भने खुसी भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित