जुआनको स्वर्ण वर्षका अवसरमा पुस्तक विमोचन   
  जुआनको स्वर्ण वर्षका अवसरमा पुस्तक विमोचन   
    • Bell Sanchar

    • २३ असार २०८०, शनिबार

काठमाडौँ  । 
जापानका विभिन्न विश्वविद्यालयमा अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीको संस्था जुआनको स्वर्ण वर्षका अवसरमा ललितपुरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले जुआनका पूर्वअध्यक्ष हरेन्द्र बरुवाद्वारा लिखित नेपाल जापान सम्बन्धसम्बन्धी पुस्तकको विमोचन गर्नुभएको थियो ।

पुस्तकको विमोचनका क्रममा राजदूत युताकाले नेपालको सामाजिक, आर्थिक, शैक्षिकलगायतका क्षेत्रमा विगत लामो समयदेखि जापान सरकारले सहयोग गर्दै आएको उल्लेख गर्दै दुई देशबीच एतिहासिक र सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।

सोही कार्यक्रममा ललितपुर महानगरपालिका मेयर चिरीबाबु मर्हजनले नेपालको शैक्षिक, सामाजिक र आर्थिक क्षेत्रमा जापान सरकारले गर्दै आएको सहयोग निकै सरहानीय रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा जापानका विभिन्न विश्व विद्यालयमा अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीले विभिन्न नृत्य प्रस्तुत गर्नुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित