नवोदित कलेज र नवोदित साहित्य क्लवको संयुक्त आयोजनामा हाजिरी जवाफ प्रतियोगिता
नवोदित कलेज र नवोदित साहित्य क्लवको संयुक्त आयोजनामा हाजिरी जवाफ प्रतियोगिता
    • Bell Sanchar

    • २६ असार २०८०, मंगलवार

 काठमाडौं ।
काठमाडौंको सामाखुशी (म्हैपी) स्थित नवोदित कलेजमा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नवोदित कलेज र नवोदित साहित्य क्लवको संयुक्त आयोजनामा सो कार्यक्रम भएकोहो ।

क्याम्पस प्रमूख राजेन्द्र अधिकारीको अध्यक्षता र सहायक क्याम्पस प्रमूख जिवी अधिकारीको विशेष आतिथ्यतामा सो प्रतियोगिता सम्पन्न भएको हो ।

हारिजी जवाफ प्रतियोगितामा कक्षा १२ का विज्ञान, मानविकी, कानून, ब्यवस्थापन लगायतका विभिन संकायमा अध्ययनरत विद्यार्थी तथा स्नातक तहमा ब्यवस्थापन र विएसडब्लु तहमा अध्ययनर विद्यार्थीको वीचमा आन्तरिक रुपमा प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा विभिन्न १८ वटा टिमले भाग लिएका थिए । जसमा स्नातक तहका ६ वटा र कक्षा १२ का १२ वटा टिम सहभागी थिए ।
प्रतियोगितामा स्नातक तहका विद्यार्थी र कक्षा १२ का विद्यार्थीलाई छुट्टाछुट्टै समूहमा सञ्चालन गरिएको थियो । स्नातक तर्फको कार्यक्रम सह प्राध्यापक हरि आचार्य र कक्षा १२ को अमृत थापाले सञ्चालन गर्नुभएको थियो ।

प्रतियोगितामा स्नातक समूह तर्फ सुरज श्रेष्ठ समूह पहिलो र शोभा पौडेलको समूह दोस्रो भएको थियो भने कक्षा १२ तर्फ लमु मोक्तानको समूह पहिलो र ललिता वरामको समुह दोस्रो भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित