छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई एक लाख जरिवाना तिराउने इटहरी उपमहानगरको निर्णय
छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई एक लाख जरिवाना तिराउने इटहरी उपमहानगरको निर्णय
    • Bell Sanchar

    • ३० असार २०८०, शनिबार

विराटनगर ।

विद्यार्थीलाई दिएको छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई इटहरी उपमहानगरपालिकाले एक लाखसम्म जरिवाना तिराउने निर्णय गरेको छ ।

शुक्रबार बसेको शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय  गरेको हो । जसमा दसवटा आधारभूत र पाँचवटा माध्यमिक विद्यालय छन् ।

शिक्षा शाखाको बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको नगरप्रमुख हेमकर्ण पौडेलले बताए  ।

छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालय जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, पिस एण्ड हर्ट इङ्लिस बोडिङ् स्कुल, पोल्सान मन्टेश्वरी स्कुल, सृजना किण्डर गार्टेन मन्टेश्वरी र हेप्पील्याण्ड चाईल्ड डे केयर, इन्द्रेणी स्कुल, इटहरी नमुना स्कुल, शुनाखरी विद्या मन्दिर  र जानकी मन्टेश्वरी स्कुललाई प्रति विद्यालय ५० हजारका दरले जरिवाना तिराउने निर्णय भएको हो ।

माध्यमिक विद्यालयतर्फ गोल्डेन फ्यूचर इङ्लिस बोडिङ् स्कुल, इटहरी चिल्ड्रेन स्कुल, इटहरी मोडल सेकेण्डरी स्कुल, ह्वाइट सोल एकेडेमी र लिटल केयर बोडिङ स्कुललाई एक  लाख रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको  हो ।

नगरप्रमुख हेमकर्ण पौडेलले छात्रवृत्ति  विवरण नबुझाउने  विद्यालयलाई सात दिनभित्रमा जरिवाना तिर्न पत्राचार गर्ने निर्णय भएको बताए । यसअघि   उपमहानगरपालिकाले तीनपटकसम्म छात्रवृत्ति विवरण बुभाउनका लागि  सूचना जारी गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित