संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गर्नेहरु पक्राउ
संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गर्नेहरु पक्राउ
    • Bell Sanchar

    • ३ श्रावण २०८०, बुधबार

काठमाडौं ।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न र संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान केही युवाहरु आफ्ना मागसहितको पम्प्लेटसहिट प्रदर्शन गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न, संघीय शिक्षा ऐन जारी गर्न, विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागु गर्न र सीटीईभीटीको शुल्क वृद्धि तत्काल खारेज गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित