घरघरै धारा बन्दा बुढुवासी खुसी, पानी ढलनिकास गर्न भने चिन्तित
घरघरै धारा बन्दा बुढुवासी खुसी, पानी ढलनिकास गर्न भने चिन्तित
    • उमेश बुढा

    • ७ श्रावण २०८०, आईतवार

  जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ को बुढु गाउँमा एक घर एक धारो बन्दा स्थानीय वासी खुसी भएका छन् । भने, धाराबाट निस्केको पानी ढलनिकासी गर्न भने चिन्तित भएका छन् ।

त्यहाँका मानिसले परम्पुर्खा देखि ढुङ्गाले बनाएको २ वटा धाराको पानी खाने गर्थ्ये । पछि आएर गाउँमा घर घरको पायक पर्ने टाउँमा ६ वटा धारा बनाएर पानी खाएका थियौं स्थानीय हंश बुढाले बताउनु भयो ।

उनका अनुसार ६ वटा धाराको पानी एक वर्ष नपुग्दै धारा बन्द भएका थिए । धाराबाट निस्केको पानीको ढलनिकास नहुँदा गाई गोठमा पानी पसे पछि धारा बन्द गरेका थियौँ । अहिले फेरी एक घर एक धारो बन्दा बुढु गाउँवासी खुसी भएका छन् तर धाराबाट निस्केको पानीको ढलनिकासी गर्ने ठाउँ नभएर पानीको व्यवस्था हुन नसक्दा कता पानी फाल्ने हो, भनेर बुढु गाउँबासी चिन्तितमा भएको बताउँछन् ।

बुढु गाउँका ८२ घरधुरीमा खानेपानीका धारा पुगेको छ । नेपाल सरकार, फिनल्यान्ड सरकार, युरोपियन युनियन, कनकासुन्दरी गाउँपालिका र उपभोक्ता समितिको सहयोगमा ८२ घरधुरीमा खानेपानीको धारा पुर्‍याएको कनकासुन्दरी गाउँपालिकाले जनाएको छ ।

सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता परियोजना ९ सुस्वा ० को संयुक्त लगानीमा संचालित बुढु खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आचार्यले गर्नु भएको हो ।

आर्थिक वर्ष २०७९ र ०८० को कुल लागत रकम ४४ लाख, ७१ हजार, ६ सय, ५१ रुपैयाँ, ०९ पैसाले ८२ घरधुरीमा धारा बनाएको उपभोक्ता समितिले बताउनु भयो ।

आयोजनाको २ हजार ७० मी शाखा पाइप लाइन, इन्टेक निर्माण १ वटा, पानी जम्मा गर्ने ट्याङ्की २० धनमिटर १ वटा, भल्ब च्याम्बर ३ वटा, १ वटा धारा बुढु स्वास्थ्य चौकी, १ धारा माध्यमिक विद्यालय बुढूचौतारा र ८२ धारा घरधुरीमा धारा सम्पन्न गरेको सिस्वाले जनाएको छ ।

सबै घरधुरीमा एक घर एक धारा , एक भाडा सुकाउने चांग र एक हातधुने स्थान बनाइएको छ । साथै एक सौचालय निर्माण गर्न लगाउने र पुर्ण सरसफाई मुक्त गराउने परियोजनाको लक्ष्य रहेको छ ।

बुढुगाउँका घर भने एक आपसमा तलमाथि वरपरसँग सँगै जोडिएकाले धाराबाट निस्केको पानीको ढल निकासी गर्न समस्या परेको छ ।

साताकाे चर्चित
सम्बन्धित