सिँजामा मालपोत, नापी कार्यालय स्थापनाका लागि अध्यक्ष धिताल र प्रधानमन्त्री दाहाल बिच भेटघाट
सिँजामा मालपोत, नापी कार्यालय स्थापनाका लागि अध्यक्ष धिताल र प्रधानमन्त्री दाहाल बिच भेटघाट
    • उमेश बुढा

    • २७ श्रावण २०८०, शनिबार

जुम्ला ।

सिँजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धिताल र प्रधान मन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)  बिच काठमाडौंमा भेटघाट भएको छ । भेटघाटमा सिँजामा मालपोत र नापी कार्यालयको स्थापना सम्बन्धि शुक्रबार कुराकानी भएको छ ।

भेटघाटमा नापी र मालपोत कार्यालयको लागि निर्वाचित भए देखि विभिन्न निकायमा पुगेर १८ चरण पार गर्दै आज प्रधान मन्त्री कहाँ भेट्न आएको हुँ । सिँजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले भन्नु भयो ।

धितालले सिँजा क्षेत्रको अहिलेको आवश्यकता र जनताको मागलाई ध्यानमा राखी धेरै पटक सम्बन्धि निकायमा पुगेर सिँजामा नापी र मालपोत कार्यालय ल्याउनको लागि पहल कदमी र संघर्ष गरिरहेका छन् ।


प्रधान मन्त्रीसँग भेट्घाट गर्नुको मुख्य उद्येश्य भनेको जुम्लाको सिँजामा मालपोत नापी कार्यालय स्थापना गर्नको लागि सौहार्दपूर्ण दाहालसँग भेटघाट भएको अध्यक्ष धितालले भने, सिँजाली जनताले हरेक सेवा सिँजाबाट पाएका छन् । तर नापी र मालपोतको कार्यका लागि आर्थिक खर्चेर सदरमुकाम खलंगा धाउनु पर्ने र दुख बोक्नु पर्ने हुनाले सिँजा मै नापी र मालपोत स्थापना गरेर सेवा पाउनु पर्छ । भनेर प्रधान मन्त्री दाहाललाई भेटेका हुन् ।

सिँजाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना गर्न सरकारमा छलफल भइरहेको र छिट्टै कार्यालय स्थापनाको निर्णय हुने प्रधान मन्त्री दाहालले आस्वस्त पार्नु भयो ।

 

विकासका काममा केन्द्रित सिञ्जा गाउँपालिका

 

 

साताकाे चर्चित
सम्बन्धित