राहत शिक्षकमा पालिकाको राजनीति, ५ पटक सम्म पनि हुन सकेन परिक्षा
राहत शिक्षकमा पालिकाको राजनीति, ५ पटक सम्म पनि हुन सकेन परिक्षा
    • उमेश बुढा

    • २३ भाद्र २०८०, शनिबार

 जुम्ला ।

सिँजा गाउँपालिका वडा नम्बर १ मा रहेको देउराली रत्नलाल आधारभूत विद्यालयको राहत शिक्षको लागि ५ पटक परिक्षा तोकियो तर परिक्षा सम्पन्न हुन सकेको छैन् ।

राहत शिक्षको लागि ४ वर्षसम्म समय समयमा परिक्षाको मिति विद्यालय व्यवस्थापन समितिले , पालिकाले तोकेर परिक्षा हुने स्थानमा परिक्षार्थी पुगेर पनि परिक्षा हुन सकेको थिएन ।

तिन पटक जिल्ला शिक्षा कार्यलय जुम्लामा परिक्षा तोकिएको तर यसमा विशषज्ञ छनोट गर्न नसकेको तयसपछि एक पटक सिँजा गाउँपालिकाले मिति २०७९ साल पौष १ गते परिक्षा गाउँपालिकामा तोकियो र विशषज्ञ छनोट गरेर प्रशन पत्र निर्माण गरेर पनि परिक्षा हुन सकेन । फेरी पाँचौं पटक सोही विद्यालयमा मिति २०८० साल भाद्र २२ गते शुक्रबारका दिन विद्यालयमा परिक्षा तोकिएको थियो ।

परिक्षा बोर्ड गठनमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रकविर कामी संयोजक, सिँजा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख संकर धिताल सदस्य , प्रधानाध्यापक भुवन प्रसाद उपाध्याय सदस्य र सिँजा गाउँपालिकाबाट भिमराज रोकाया सदस्य गरेर वडा नम्बर १ का वडा अध्यक्ष हरिन्द आचार्यको रोवरमा ४ जनाको सङ्ख्यामा समिति गठन गरिएको थियो ।

उक्त समितिले प्रशन पत्र निर्माण र मुल्यांकनको लागि मालिका मावि धापा जाँच विद्यालयका २ जना शिक्षक देविराज शर्मा र धर्मराज आचार्यलाई छनोट गरेको थियो ।

प्रशन पत्र निकालेर परिक्षा दिउँसो २ बजेबाट सुरु भएको थियो । पहिलो प्रशन पत्रको परिक्षा कोठाभित्र सञ्चालन भएर ४ बजे सकिएको थियो । पहिलो प्रशनपत्रको पेपर जाँच गरेर परिक्षाको नतिजा प्रकाशन गरेर विद्यालय कार्यालयको ढोकामा टाँस गरिसकेको थियो । टाँस गरेको पहिलो पत्रमा तारा आचार्य र मिना कुमारी भण्डारीले नाम निस्केको विद्यायलको लेटर प्याटमा र रोल नम्बर प्रकाशन गरिएको देखिन्छ ।

२ जनाले पहिलो पत्रमा नाम निकालेर दोर्सो पत्रको परिक्षा दिदा दिदै बाहिर अभिभावक र नाम नकिकालेका विद्यार्थीले होहल्ला मचाएका थिए । पालिकाबाट खटाएका कर्मचारी वा परिक्षा समितिका सदस्य भिमराज रोकायाले भने , मलाई परिक्षाको नतिजा प्रकाशित गरेर ढोकामा टाँस गरेको थाहाँ नभई दोर्सो पत्रको परिक्षा सञ्चालनको प्रशनपत्र कसरी परिक्षार्थीलाई बाँडियो मलाई थाँहा छैन् भनेर असन्तुष्टि रोकायाले जनाएका थिए ।

परिक्षा शान्त निष्पक्ष ढङ्गले सञ्चालन भएर पहिलो प्रश्नपत्रको नतिजा प्रकाशन भएको तर आफ्नो सोचेको मान्छेले नाम ननिकाले पछि परिक्षार्थीका अभिभावक र पालिकाबाट खटाएका कर्मचारीले हल्ला मचाएर परिक्षा स्थकित गरेको प्राधानाध्यापक भुवन प्रसाद उपाध्यायले बताउनु भयो ।

प्रश्नपत्र निकाल्नको लागि छनोट गरेका शिक्षकले आफै २ वटा किताब ल्याएको तर परिक्षाको प्रश्नपत्र निमार्ण गर्ने ठाउँमा प्रधानाध्यापकले फेरी अर्को किताब दिएपछि परिक्षार्थीलाई प्रश्नपत्र निकालेको सङ्का लाग्यो भनेर नाम ननिस्केका १ जना परिक्षार्थीले नतिजा प्रकाशन गरेको ढोकामा टाँस गरेको पत्र च्यातेर विरोध गरेका थिए ।

विद्यालयमा राजनितीक भयो । ४ वर्षसम्म पनि शिक्षक नपाएर हाम्रो छोराछोरीको भविष्य विग्रेको छ, अभिभावकले भन्नु भयो ।

पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष रण वहादुर रोकाया , निवर्तमान विव्यस अध्यक्ष रकविर कामी ,आफ्नो मान्छे ल्याउनु पर्छ भन्ने , अर्कोतर्फ प्रधानाध्यनपक भुवन प्रसाद उपाध्यायले आफ्नो मान्छे ल्याउन खोज्ने, पालिका जनप्रतिनिधि र कर्मचारीले आफ्नो आफ्नो मान्छे विद्यालयमा राख्न चाहाँने विद्यालयमा राजनीतिक गरेको अभिभावकले आरोप लगाउनु भएको छ । यिनीहरुले गर्दा ४ वर्ष वितिसकेको छ । जुम्ला बजारमा , गाउँपालिका र विद्यालयमा परिक्षा तोकेको ५ पटकसम्म परिक्षा नहुन सक्नुको कारण यिनिहरुले राहत शिक्षकको नाममा राजनितीक गरेका छन् ।

                             

४ वर्षसम्म ५ पटक परिक्षाको मिति तोकियो परिक्षा सम्पन्न नहुनु भनेको यो विद्यालयमा राजनितीक भएको देखिन्छ ।
परिक्षा दिनको लागि २४ जना परिक्षार्थीले आवेदन फारम ४ वर्ष अगाडि भरेका थियो । ति मध्ये यहि भाद्र २२ गतेको परिक्षामा ७ जना परिक्षार्थीले परिक्षा दिएका र १ जना परिक्षार्थीले परिक्षामा आएर पनि नदिएर बाहिरिएको प्रधानाध्यापक उपाध्यायले बताउनु भयो ।

पालिका शिक्षा शाखा प्रमुख शंकर धिताल उक्त विद्यालयको राहत शिक्षकको परिक्षा हुने स्थानमा आएर परिक्षा बार्डको सदस्य समेत रहेका तर परिक्षा नहुुँदै विद्यालयबाट बाहिरिएका थिए । पछि विवाद उत्पन्न भए पछि धिताल किन विद्यालयमा नबसेका हुन् भनेर अभिभावकको गुनासो रहेको थियो ।

पालिकाबाट आधिकारिकता बोकेर परिक्षा केन्द्रमा आएका २ जना व्यक्ति मध्ये १ जना परिक्षा नहुँदै बाँहिरिएका अर्का व्यक्ति महिले यस भित्रको केही कुरा थाँहा नपाएर प्रअले एकलौटी काम गरेको भनेर परिक्षा स्थकित हुनु पर्छ, भन्दै विरोधमा उत्रेका थिए ।

राहत शिक्षकको कोटा १ जनालाई निकाल्नु पर्नेमा ४ वर्ष लाग्यो ५ पटक परिक्षा तोकियो अझै विद्यालयले राहत शिक्षक पाउन सकेन । विद्यालय व्यवस्थापन समितिको अर्को सुचना नहुन्जेलसम्म परिक्षा स्थकित गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित