शिक्षक आन्दोलन अहिलेको आवश्यकता भन्दै, सिँजा कनकासुन्दरीका शिक्षकले समर्थन जनाए
शिक्षक आन्दोलन अहिलेको आवश्यकता भन्दै, सिँजा कनकासुन्दरीका शिक्षकले समर्थन जनाए
    • उमेश बुढा

    • ४ आश्विन २०८०, बिहीबार

जुम्ला ।

नेपाल सरकारले मिति २०८० साल भाद्र २७ गतेका दिन संघिय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरुद्धमा नेपाल शिक्षक महासंघबाट सञ्चालित शिक्षक आन्दोलनमा आवश्यक आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न समर्थन भएको सम्पूर्ण शिक्षक कर्मचारीहरुले प्रतिवद्दता जनाएका छन् ।

सिँजा गाउँपालिका नेपाल शिक्षक महासंघका सह अध्यक्ष श्री धर्म वहादुर हमालको अध्यक्षतामा बसेको बैठकले शिक्षकका माग पुरा नहुन्जेलसम्म आन्दोलन गरी रहने र अझै थप शिक्षकको काठमाडौं जान आवश्यक परेमा हामी जान तयार छौ।
आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न तयार सम्पूर्ण शिक्षक भएको निर्णयमा उल्लेख गरिएको छ । उक्त निर्णमा ५० जना भन्दा माथि शिक्षकको उपस्थिति रहेको मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक परेकराज खत्रीले जानकारी दिनु भयो ।

त्यस्तै गरी जुम्लाकै कनकासुन्दरी गाउँपालिका सम्पुर्ण शिक्षक गोठिज्युला बजारमा उपस्थिति भएर कनकासुन्दरी गाउँपालिकाको कार्यालय अगाडिबाट र्‍याली सुरु गरेर बजार परिक्रमा गरेको पाण्डव गुफा माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र रोकायाले बताउनु भएको छ ।

सबै शिक्षकको घाँटीमा झुन्याएको पम्पिलेट कार्डमा शिक्षा मन्त्रीलाई शिक्षा कस्ले दियो (शिक्षकले, देश भरका शिक्षक एक हौँ, नेपाल शिक्षक महासंघ जिन्दावाद जस्ता नारा लेखिएको र नारा पनि लगाएर गोठिजिउला बजार परिक्रमा गरेर गाउँपालिका कार्यालयमा पुगेको प्रधानाध्यापक रोकायाले बताए ।

कनकासुन्दरी र सिँजा गाउँपालिका झन्डै ५० भन्दा बढी सामुदायिक विद्यालय बन्द गरेर शिक्षक केही शिक्षक काठमाडौं गएका छन् । भने , यता पालिकामा रहेका शिक्षकले पनि पालिकामा र्‍याली गरेका छन् ।

सर्वसाधारण भने शिक्षकले किन आन्दोलन गरेका छन् । आज सबै विद्यालय बन्दै गरेर किन आन्दोलनमा आएका छन् भनेर बुझ्न खोजि रहेका छन् । कनकासुन्दरी र सिँजाका लगभग १ सय भन्दा बढी शिक्षक आज र्‍यालीमा सहभागी भएका थिए ।

 

साताकाे चर्चित
सम्बन्धित