कनकासुन्दरी वडा ५ कार्यालयको भवन अध्यक्ष आचार्यद्वारा उद्घाटन
कनकासुन्दरी वडा ५ कार्यालयको भवन अध्यक्ष आचार्यद्वारा उद्घाटन
    • Bell Sanchar

    • ९ आश्विन २०८०, मंगलवार

 जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयको भवन मङ्गबार पालिका अध्यक्ष दामोदर प्रसाद आचार्यले उद्घाटन गर्नु भएको छ ।

यस भन्दा अगाडि वडाको सम्पुर्ण कामकाजहरु साविकको विराट गाउँ विकास समितिको भवनमा काम वडाले गर्दै आएको सोही वडा अध्यक्ष विष्णु वडुवालले बताउनु भयो ।

उनका अनुसार अहिले वडाको आफ्नै पक्की भवन एक तले निमार्ण भइसकेको छ । भने , ५ वटा कोठा , २ वटा सौचालय निमार्ण भइसकेको र अबको १ वर्षभित्र माथिल्लो तला वा पुरै भवन निमार्ण भइसक्ने पनि अध्यक्ष बडुवालले बताए ।

तल्लो तला निमार्ण गर्दा सम्म ६० लाख खर्च भएको पनि बडुवालको भनाई छ ।

उक्त वडा कार्यालय भवनको पालिका अध्यक्ष वा उद्घाटन कार्यक्रमका प्रमुख अथिति दामोदर प्रसाद आचार्यले गर्नु भएको हो ।

आजको दिनदेखि प्रशासनिक कार्य वडाले आफ्नै कार्यालयबाट सेवा सञ्चालन गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित