सानै उमेरमा गीत सङगीतमा रम्दै राजन    
     सानै उमेरमा गीत सङगीतमा रम्दै राजन    
    • Bell Sanchar

    • १७ आश्विन २०८०, बुधबार

अर्घाखाँची

राजन अधिकारी सानै उमेरमा गीत सङ्गीतमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । लाइभ दोहोरीबाट चर्चामा आउनुभएका उहाँ अहिले चर्चित कलाकारमध्येमा पर्नुहुन्छ ।
अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नं.३, ठाडामा जन्मिनुभका १९ वर्षीय अधिकारीले गाएका गीतहरुमध्ये ‘कोदाली र कुटो’, ‘शिरमा रिबन’ जस्ता गीतहरुले धेरै चर्चा कमाएका छन् । गीतका साथै प्रत्यक्ष प्रसारित दोहोरीमा उहाँको पहिचान बेग्लै छ । दोहोरीमा अरु कलाकारका भन्दा उहाँद्वारा प्रस्तुत शब्दहरु बेग्लै हुन्छन् ।
“गीतभित्र मनको भावना लुकेका हुन्छन् । कुनै पनि गीत सिर्जना गर्दा सर्जकले आफ्नो कथा र आफ्नो भोगाइभन्दा पनि माथि रहेर यथार्थ सामाजिक जीवनसँग मेल खाने गीतहरु बजारमा ल्याउनुपर्छ,” कलाकार अधिकारी भन्नुहुन्छ, “गीत सङ्गीतले समाजमा रहेको नकारात्मक कुरालाई सकारात्मकमा बदल्नुुपर्छ । म चाहान्छु हरेक सर्जकले चर्चा कमाउनुभन्दा पनि समाजलाई सकारात्मक परिवर्तन ल्याउने तवरले गीत सिर्जना गर्नुपर्छ ।”
उहाँ भन्नुहुन्छ, “छोटो समयमा धेरै दर्शकको माया पाउने भाग्यमानी कलाकारमध्ये म पनि एक हुजस्तो लाग्छ मलाई । सामाजिक सञ्जालका टिकटक, युटुब र फेसबुकजस्ता माध्यमबाट मलाई दर्शकले फलो गर्नाका साथै मेरा गीत पनि सुन्दै आइरहनुभएको छ। धेरैले कमेन्टमा यो भाइ एक दिन इतिहास बन्छ भन्ने कुरा लेखेको देख्छु । उहाँहरुको यस्ता प्रतिक्रियाहरुले आफूले पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेर आएको छ ।”

साताकाे चर्चित
सम्बन्धित