बेस्ट फिफा अवार्ड : एमबाप्पे, मेसी र हालान्ड अन्तिम तीनमा
बेस्ट फिफा अवार्ड : एमबाप्पे, मेसी र हालान्ड अन्तिम तीनमा
    • Bell Sanchar

    • २९ मंसिर २०८०, शुक्रबार

काठमाडौं ।

फिफाले प्रदान गर्ने दी बेस्ट फिफा अवार्डको अन्तिम तीन खेलाडीको मनोनयनमा अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्स तथा पीएसजीका केलिएन एमबाप्पे र नर्वे तथा म्यानचेष्टर सिटीका एर्लिङ हालान्ड परेका छन् ।

फिफाले सार्वजनिक गरेको अन्तिम तीनको सूचीमा यी तीन अवार्डको दाबेदारको रुपमा रहेका छन् ।

आगामी जनवरी १५ मा हुने फिफा फुटबल अवार्डमा विजेता घोषणा गरिनेछ ।

फिफाले १९ डिसेम्बर २०२२ देखि २० अगस्ट २०२३ सम्म उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई बेस्ट अवार्डबाट सम्मान गरिने फिफाले जनाएको छ ।

फिफाले सुरुमा फुटबल एक्सपर्टहरुले छानेका १२ खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । त्यसबाट राष्ट्रिय टिमका प्रशिक्षक, कप्तान र फुटबल पत्रकारका साथै फ्यानहरुको भोटका आधारमा अन्तिम तीन खेलाडीको सूची छानिएको फिफाले जनाएको छ ।

गत वर्ष डिसेम्बरमा भएको कतारमा विश्वकपमा अरज्नेटिनालाई च्याम्पियन बनाएका मेसी अवार्डको बलियो दाबेदारको रुपमा छन् ।

मेसीले ३६ वर्षको उमेरमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन प्रेरणादायी प्रदर्शन गर्नुका साथै उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड समेत पाएका थिए । हाल अमेरिकी क्लब इन्टर मायामीबाट खेल्ने मेसीले कीरत्मानी आठौं पटक बालोन डे’ओर अवार्ड समेत जितिसकेका छन् ।

एमबाप्पेले फ्रान्सलाई लगातार दोस्रो पटक विश्वकप फाइनल पुर्‍याउन मद्दत गर्दै सर्वाधिक गोल समेत गरेका थिए । फाइनलमा अर्जेन्टिना विरुद्ध उनले ह्याट्रिक गरे पनि उपाधि दिलाउन पर्याप्त भएन । उनले पेरिस सेन्ट जर्मेनलाई फ्रेन्च लिग वानको उपाधि दिताएका थिए ।

यस्तै नर्वेका स्टार हालान्डले गत सिजन म्यानचेष्टर सिटीलाई प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग गरी ट्रेबल उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले युरोपियन गोल्डेन बुट र प्रिमियर लिगको गोल्डेन बुट जितेका थिए । यस अवधीङ्गा उनले ३३ खेलमा २८ गोल गरेका थिए ।

यस्तै महिलातर्फ स्पेनका विश्व विजेताद्वय आइताना बोनमाटी र जेनिफर होर्मवसोसहित कोलम्बियाका लिन्डा काइसेडो अन्तिम तीनको मनोनयनमा परेका छन् ।

विश्वकपको उपाधिका साथै उत्कृष्ट खेलाडीले पाउने गोल्डेन बल समेत पाएकी बोनमाटीले युरोपियन वर्ष खेलाडी र बालोन डे’ओर अवार्ड समेत जितिसकेकी छन् । उनी अवार्डको मख्य दाबेदारको रुपमा छिन् ।

साताकाे चर्चित
सम्बन्धित