नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ
    • Bell Sanchar

    • २६ फाल्गुन २०८०, शनिबार

काठमाडौं ।

नेपालले एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका छन् ।

आजको खेलमा नेपालले तीव्र गतिका बलर आकाश चन्दले डेब्यू गरेका छन् । उनले टी-२० आई खेलमा डेब्यू गरेका हुन् । नेपालबाट दुई ओडीआई खेल खेलेका छन् । अघिल्लो महिना क्यानडासँग ओडीआई खेलमा उनले नेपालको लागि डेब्यू गरेका थिए ।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो । नेपाल र हङकङबीच हालसम्म ७ टी-२० आई खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएकोछ । गत अक्टोबरमा मुलपानी मैदानमा नेपालले दुवै खेलमा हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो ।

त्रिकोणात्मक सिरिजमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके फाइनल र नभए तेस्रो स्थानको लागि हङकङ ए सँग बुधबार खेल्ने तालिका छ ।

नेपालको प्लेइङ ११

रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, सागर ढकाल, प्रतिश जिसी, आकाश चन्द ।

साताकाे चर्चित
सम्बन्धित