सांसदहरू उपस्थित नहुँदा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित
सांसदहरू उपस्थित नहुँदा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित
    • Bell Sanchar

    • ४ बैशाख २०८१, मंगलवार

काठमाडौं ।

पर्याप्त संख्यामा सांसदहरू उपस्थित नहुँदा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।

मंगलबार बिहान साढे १० बजेका लागि समितिको बैठक बोलाइएको थियो । बैठकका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगेका थिए ।

तोकिएको समयभन्दा १५ मिनेट पछिसम्म पनि काेरम नपुगेपछि बैठक स्थगित गरिएको हो । बैठक सञ्चालनका लागि १४ जना सांसद हुनुपर्ने थियो ।

तर ८ जनामात्रै सांसद उपस्थित भएपछि मन्त्री श्रेष्ठ समितिको बैठक हलबाट बाहिरिएका थिए । मन्त्री श्रेष्ठपछि सचिव र कर्मचारीहरू पनि बैठक छोडेर बाहिरिए ।

आजको बैठकमा सरकारको तर्फबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र अवस्थाको बारेमा छलफल गर्ने कार्यसूची थियो ।

त्यस्तै विदेशस्थित नेपाली नियोगहरूको अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षका बारेमा समेत छलफल हुने कार्यक्रम थियो ।

साताकाे चर्चित
सम्बन्धित