काठमाडौं ।
सेवा अवधि बाँकी छँदै प्रहरीका उच्च अधिकारीहरु उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी नियमावली २०७१ अनुसार प्रहरी कर्मचारीको सेवा अवधि ३० वर्ष रहे पनि त्यसअगावै उमेर हदका कारण केही उच्च प्रहरी अधिकारीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारी भोलि ५ वैशाख अनिवार्य अवकाशमा जाँदैछन् । डीआईजी र एआईजीको उमेर हद ५६ वर्ष रहेका कारण उनी ५ वैशाखबाट उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।
त्यसैगरी अर्का एआईजी मिरा चौधरी थारु पनि ७ वैशाखमा अनिवार्य अवकाशमा जाँदैछिन् । उनी पनि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेकी हुन् ।७ वैशाखमै उमेर हदका कारण गण्डकी प्रदेशका डीआईजी विकासराज खनाल पनि अनिवार्य अवकाशमा जाँदैछन् ।
हिजो सोमबार मात्रै डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका उमेशराज जोशी पनि उमेर हदकै कारण आगामी १९ असारमा अनिवार्य अवकाशमा जाँदैछन् ।