राजनीतिक दलहरू कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न आवश्यक: सांसद उर्मिला अर्याल
राजनीतिक दलहरू कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न आवश्यक: सांसद उर्मिला अर्याल
    • बेल संचार

    • ३ चैत्र २०८१, सोमबार

काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले राजनीतिक दलहरू कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न नसकेका कारण जनतामा व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको बताएकी छन्।

राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै सांसद अर्यालले विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा उत्पीडित वर्गको समस्या समाधान गर्नतर्फ राजनीतिक दलहरूको ध्यान जान जरुरी रहेको धारणा व्यक्त गरिन्।

उनले राजनीतिक दलहरूको यस्तै प्रवृत्तिका कारण जनता ‘एउटै राजा पालेको भए हुन्थ्यो’ भन्ने भ्रममा पर्ने डर रहेको बताइन्।

उनले भनिन्, ‘कार्यकर्ता पाल्ने प्रवृत्तिबाट हामी माथि उठौँ। राज्यलाई सम्बोधन गरौँ। देशका जनता र पीडाहरूलाई सम्बोधन गरौँ। शान्ति प्रक्रिया हामीले अहिलेसम्म टुङ्गो लगाउन सकेका छैनौँ। आन्दोलन र जनयुद्धका घाइते तथा उत्पीडनमा परेकाहरूलाई कतिको हामीले सम्बोधन गर्‍यौँ? सरकारले यसको लिस्ट लिएर आएर हामीले यति काम गर्‍यौँ भनेर कहिले सुनाएको छ? चल्ते चलाते सरकार बनाएको छ फेरि अर्कोले सरकार बनाएको छ। हामी बिग्रियौँ। यस्तै हो भने एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छ।’

सांसद अर्यालले संघीयता कार्यान्वयनमा पनि प्रश्न उठ्न थालेको उल्लेख गर्दै संघीयता राम्रोसँग कार्यान्वयन गर्न राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याइन्।

 

साताकाे चर्चित
सम्बन्धित