कर्णालीको बालुवामा सुन मात्रै होइन, प्याज पनि फल्न थाले
कर्णालीको बालुवामा सुन मात्रै होइन, प्याज पनि फल्न थाले
    • बेल संचार

    • ४ चैत्र २०८१, मंगलवार

कर्णाली नदीको बालुवा चालेर सुन निकाल्ने परम्परागत पेसा अपनाउँदै आएका सोनहा समुदायका लागि अब यो बालुवा कृषि उत्पादनको स्रोतसमेत बन्न थालेको छ। किसानहरूले बगर क्षेत्रमा प्याज खेती सुरु गरेपछि बालुवामै सुन फल्ने जस्तै उदाहरणीय काम भएको छ।

वर्षेनी बाढीले उर्वरभूमि बगरमा परिणत गरे पनि स्थानीय किसानहरू निरन्तर कृषि कर्ममै लागिपरिरहेका छन्। प्रयोगविहीन अवस्थामा रहेको कर्णाली नदीको बगरलाई उपयोग गर्दै केही वर्षअघि प्याज खेतीको परीक्षण गरिएको थियो। बालुवामा गरिएको प्रारम्भिक खेती अपेक्षाभन्दा राम्रो भएपछि किसानहरूले व्यावसायिक रूपमा प्याज खेती विस्तार गर्न थालेका छन्।

कृषक प्रेम चौधरीका अनुसार अन्य स्थानको तुलनामा नदी किनारको बालुवायुक्त जमिनमा प्याज राम्रो फल्ने देखिएकाले स्थानीय किसानहरू आकर्षित भएका छन्। उनीहरूलाई अब यो बगर क्षेत्र समस्याको होइन, सम्भावनाको भूमिजस्तो लागेको छ।

सोनहा समुदायले परम्परागत रूपमा बालुवाबाट सुन निकाल्दै आएको भए पनि अब उनीहरूले यही बगरमा प्याज खेतीबाट पनि राम्रो आम्दानी गर्न सक्ने देखिएको छ। स्थानीय सरकार र कृषि विज्ञहरूले पनि यसलाई कृषि उत्पादनका नयाँ सम्भावनाको रूपमा हेर्न थालेका छन्।

साताकाे चर्चित
सम्बन्धित