काठमाडौं ।
लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा मंगलबार हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ। क्याम्पस प्रशासनले सूचना जारी गर्दै चैत ५ गतेका लागि तय गरिएको निर्वाचन स्थगित गरिएको जानकारी गराएको हो।
निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँद्वारा जारी सूचनामा चैत ५ गतेदेखि नियमित पठनपाठन सञ्चालन हुने उल्लेख गरिएको छ। केही विद्यार्थी संगठनहरूले चुनावमा आफ्ना शर्त लागू गर्नुपर्ने भन्दै तालाबन्दी गरेपछि परिस्थिति जटिल बन्दै गएको र सुरक्षामा चुनौती देखिएको प्रशासनको भनाइ छ।
यस्तै, चैत ६ गते मनोनयन दर्ता गराएका विद्यार्थी संगठनको संयुक्त बैठक बसेर बाँकी निर्वाचन प्रक्रियाबारे टुंगो लगाइने क्याम्पस प्रशासनले जनाएको छ।