ललितपुरमा रोटरीको नेपाल–भूटान डिस्ट्रिक सम्मेलन आयोजना हुने
ललितपुरमा रोटरीको नेपाल–भूटान डिस्ट्रिक सम्मेलन आयोजना हुने
    • बेल संचार

    • ४ चैत्र २०८१, मंगलवार

काठमाडौँ ।

ललितपुरमा आउँदो शुक्रबारदेखि रोटरीको नेपाल–भूटान डिस्ट्रिक सम्मेलन आयोजना हुने भएको छ। तीन दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा नेपालका १५७ तथा भूटानका एक गरी जम्मा १५८ क्लबका करिब १,५०० सदस्यहरूको सहभागिता रहनेछ।

रोटरी डिस्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचनले आज आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराउँदै रोटरीले पोलियो उन्मूलन, स्वास्थ्यसम्बन्धी परियोजना, स्वच्छ खानेपानी, वातावरण संरक्षण, शिक्षा लगायतका सामाजिक क्षेत्रमा निरन्तर काम गरिरहेको बताए।

यस सम्मेलनले नेपाल र भूटानबीचको सहकार्यलाई थप मजबुत बनाउने तथा सामाजिक सेवाका नयाँ पहलहरूलाई अघि बढाउने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित