सुदूरपश्चिम प्रदेशमा दलहरूले संविधानको व्यवस्थाअनुसार सभामुख छान्न सकेनन्
सुदूरपश्चिम प्रदेशमा दलहरूले संविधानको व्यवस्थाअनुसार सभामुख छान्न सकेनन्

प्रदेश सभा सचिवालयले मंगलबार बिहान १० बजे अर्को बैठक बस्ने जानकारी दिएको छ।

    • Bell Sanchar

    • २ माघ २०७९, सोमबार

सुदूरपश्चिम प्रदेशमा सभामुख छान्न सोमबारका लागि बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको छ।

आज बिहान बसेको सर्वदलीय बैठकले पोखरामा जहाज दुर्घटनामा परेको शोक आज मनाउने घोषणा भएकोले प्रदेश सभा बैठक मंगलबारसम्म स्थगित गर्ने सहमति गरेको हो।

प्रदेश सभा सचिवालयले मंगलबार बिहान १० बजे अर्को बैठक बस्ने जानकारी दिएको छ।

सुदूरपश्चिमका सांसदले गत पुस १५ गते शपथ लिएका थिए। पुस १८ गते पहिलो बैठक बसेको थियो।

पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्ने संवैधानिक व्यवस्था छ। तर यो व्यवस्थाअनुसार दलहरू सभामुख चयन गर्न असफल भएका छन्।

गत पुस २८ र पुस ३० मा सभामुख छान्न मतदान भए पनि सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी नै तटस्थ बसेको थियो। यहाँ नागरिक उन्मुक्तिका ७ जना सांसद छन्।

नागरिक उन्मुक्तिलाई नेपाली कांग्रेसले पनि साथ लिन खोजिरहेको छ।

साताकाे चर्चित
सम्बन्धित