इलाम २ बाट एमाले सुहाङ नेम्वाङ विजयी
इलाम २ बाट एमाले सुहाङ नेम्वाङ विजयी
    • Bell Sanchar

    • १८ बैशाख २०८१, मंगलवार

काठमाडौं

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् ।

मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले लोकान्तरलाई जानकारी दिए ।

सुहाङले २७ हजार ७७२ मत ल्याए भने दोस्रो स्थानका खड्काले २१ हजार ९४२ मत पाए ।

यस्तै तेस्रो स्थानमा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू रहन सफल भए । उनले ११ हजार ४५७ मत ल्याए ।

यसैगरी चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूले चित्त बुझाए । उनले ५ हजार ५० मत पाए ।

एमालेका उपाध्यक्ष उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन भएको हो । सो स्थानमा उनकै छोरा सुहाङ विजयी भएका हुन् ।

२०७९ को निर्वाचनमा कांग्रेसका खड्का सुवाससँग ११४ मतको झिनो अन्तरले पराजित भएका थिए । अहिले छोरा सुहाङसँग फराकिलो मतान्तरमा हारेका छन् ।

अघिल्लोपटक कांग्रेस नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनबाट चुनाव लडेको थियो । यो पटक एक्लै लडेको थियो । यो पटक माओवादी केन्द्रले एमालेलाई साथ दिएको थियो ।

शनिबार भएको निर्वातनमा इलाम २ मा राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

 मत परिणाम यस्तो छ 

साताकाे चर्चित
सम्बन्धित