राष्ट्रियसभामा अर्थतन्त्रसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिँदै
राष्ट्रियसभामा अर्थतन्त्रसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिँदै
    • Bell Sanchar

    • १३ बैशाख २०८०, बुधबार

 काठमाडौं ।

राष्ट्रियसभामा बुधवार अर्थतन्त्रसम्बन्धी एक जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ ।

बुधवार दिउँसो बस्ने बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी शाह प्रस्ताव रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुन लागेको हो ।

‘सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने विषयको प्रस्तावमाथि छलफलपछि अर्थमन्त्रीले जवाफ दिनेछन् ।

यो प्रस्तावमा नेकपा एमालेलेसमेत समर्थन गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित