तारकेश्वर नगरपालिकाले एक घर, एक धाराका लागि ११ वटै वडामा पानी ट्याङ्की निर्माण गर्ने
तारकेश्वर नगरपालिकाले एक घर, एक धाराका लागि ११ वटै वडामा पानी ट्याङ्की निर्माण गर्ने
    • Bell Sanchar

    • ६ जेष्ठ २०८०, शनिबार

काठमाडौं । 

तारकेश्वर नगरपालिकाले एक घर, एक धाराका लागि ११ वटै वडामा पानी ट्याङ्की निर्माण गर्ने भएको छ ।
तारकेश्वरद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख कृष्णहरि महर्जनले नगरपालिकाभित्रका सबै वडामा २० लाख लिटरका ट्याङ्की निर्माण गरी नगरवासीलाई खानेपानी उपलब्ध गराउने जानकारी दिए  ।

हामी निर्वाचित भएको एक वर्ष पूरा भएको छ, निर्वाचित भएसँगै बसेको कार्यपालिका बैठकले गरेको एक घर, एक धारा निर्णय कार्यान्वयन गर्नका लागि प्रत्येक वडामा २० लाख लिटरका पानी ट्याङ्की निर्माण गर्न लागेका हौँ”, उनले भने । अँधेरी खोला र अल्ले खोलाको पानी तारकेश्वरमा ल्याइने उनको भनाइ थियो ।

तारकेश्वरले हाल वडा नं २ काभ्रेस्थलीका चार हजार आठ सय ७५ घरधुरीलाई एक घर, एक धाराअन्तर्गत खानेपानी योजना सुरु गरिसकेको छ ।

तारकेश्वरले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत एक हजार ८३ वटा योजना र ठेक्कामार्फत २६ वटा योजना सम्झौता गरी कार्यान्वयनमा अगाडि बढेको नगरप्रमुख महर्जनको भनाइ छ ।

प्रदेशस्तरीय योजनाबाट विष्णुमति करिडोर चाँडो निर्माण गर्न लागेको नगरप्रमुख महर्जनले बताए । सो नगरपालिकाले चालु आवमा २८ वटा कार्यपालिका बैठक बसी नगर विकासको लागि जनताकै हितमा हुने गरी निर्णय गरी प्रभावकारी कार्यान्वयन गरिरहेको छ ।

तारकेश्वरले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नका लागिरु आठ करोड ४६ लाख शिक्षामा बजेट विनियोजन गरेको नगरप्रमुख महर्जनले बताए ।

नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सिर्जना बुर्लाकोटी अर्यालले नगरपालिकामा बाटो मिचिएको र घरझगडाका मुद्दा बढी आउने गरेको बताइन् ।
उनले नगरपालिकामा परेका एक सय १० मुद्दामध्ये ५५ मुद्दालाई फैसला र मेलमिलाप गरेर पठाइएको जानकारी दिइन् ।

सो नगरपालिकामा गत आवमा ५० मुद्दा र चालु आवमा ६० मुद्दा दर्ता भएका थिए ।

उक्काइस हजार छ सय २३ घरधुरी रहेको सो नगरपालिकामा एक लाख ५१ हजार जनसङ्ख्या रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित