‘शरणार्थी प्रकरण काक्रा आफू खाएर विया गाउँलेको अनुहारमा टाँसिदिएर आरोप लगाएजस्तो बनाइएछ’, एमालेका महासचिव पोखरेल
‘शरणार्थी प्रकरण काक्रा आफू खाएर विया गाउँलेको अनुहारमा टाँसिदिएर आरोप लगाएजस्तो बनाइएछ’, एमालेका महासचिव पोखरेल
    • Bell Sanchar

    • १० जेष्ठ २०८०, बुधबार

काठमाडाैं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणलाई काक्रा आफू खाएर विया सोझा गाउँलेको अनुहारमा टाँसिदिएर आरोप लगाएजस्तो बनाइएको बताएका छन् ।

प्रहरी र सरकारी वकिल कार्यालयले अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेका बेला महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेर सत्ता स्वार्थ हाबी भएको आरोप लगाएका हुन् ।

उनले लेखेका छन्, ‘काक्रा चोरले काक्रा आफूले खाएर विया सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान ।

सत्ता स्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ ।’

साताकाे चर्चित
सम्बन्धित