गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्मा एकै मन्चबाट मिडियामा सार्बजनिक हुदै,दुबैलाई नेपाल सरकारले विभुषण प्रदान गर्दै
गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्मा एकै मन्चबाट मिडियामा सार्बजनिक हुदै,दुबैलाई नेपाल सरकारले विभुषण प्रदान गर्दै

 लोकप्रिय गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्मा एकसाथ सार्बजनिक हुने भएको छन।

    • Bell Sanchar

    • ३ आश्विन २०७८, आईतवार

काठमान्डौ

लोकप्रिय गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्मा एकसाथ सार्बजनिक हुने भएको छन।नेपाली लोक दोहोरी क्षेत्रका दुई होनहार कलाकार नेपाल सरकारद्वारा सम्मानित हुने भएका छन।नेपाली लोक दोहोरीको इतिहासमै सबै भन्दा धेरै सुनिएको र हेरिएको गीत “सालको पातको टपरी” गीतका गायक कुलेन्द्र बिश्वकर्मा र सोहि गीतकी गायिका बिष्णु माझीलाइ विभुषण प्रदान गर्ने भएको हो।

सरकारले हरेकवर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ । उक्त विभुषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने तय भएको छ । विभुषण प्रदान गर्ने सूचिमा बिष्णु माझी र कुलेन्द्र बिश्वकर्माको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

सुन्दरमणि अधिकारी संगै बिष्णु माझी उक्त सम्मान थाप्न पुग्ने समेत पारिवारिक श्रोतको भनाइ छ।कुलेन्द्र विश्वकर्माले लालीगुराँस डटकम संग कुरा गर्दै भन्नु भयो “धेरैको प्रश्न थियो गीत यतिधेरै चल्यो तर किन अवार्ड सम्मान तिर यो गीत त्यति पर्दैन भनेर म त्यति अवार्ड सम्मानलाइ बिस्वास गर्ने कलाकार भने हैन,आफैले फारम भरेर पारिदिनुस न भन्नु पर्ने अवार्ड भन्दा पर्यो भनेर आफैलाई खबर आउने सम्मानको अर्कै महत्व हुन्छ हो त्यो महत्व भित्र यो नेपाल सरकारले दिन लागेको सम्मान रहेको छ,केहि हद सम्म हाम्रो गायनको सम्मान हुदा आफ्नै क्षेत्रको सम्मान भएको महसुस भएको छ,यसमा म अत्यन्तै खुसि छु।”

पछिल्लो केहि समयदेखि बिष्णु माझीको धेरै खोजि भैरहेकै बेलामा यो सम्मान प्रदान गर्नु भनेको सबैको लागि बिशेष र चुनौती पनि छ।सम्मान लिन बिष्णु माझी न जानेपो होकि भन्ने प्रश्न उठिरहेको बेलामा बिष्णु माझीको पारिवारिक श्रोतका अनुसार आफै सम्मान लिन जाने र मिडिया समू पनि देखिने खबर बाहिरिएको छ।यही बिषयमा कुलेन्द्र बिश्वकर्मा संग बुझ्दा पनि सोहि जानकारी प्राप्त भएको छ।

कुलेन्द्र भन्छन “बिष्णु माझी जी आफै जानु हुन्छ मिडियामा बोल्ने न बोल्ने कुरा चाही उहाकै रहयो तर त्यहा देखिनु चाही हुन्छ सबै समू,हाम्रो भर्खरै टेलिफोन बार्ता भएको थियो बिष्णु जीसंग”।बिष्णु माझीको खोजि गर्दै प्रहरी समेत उनको जन्म थलो पुगेको थियो।कुलेन्द्र बिक र बिष्णु माझीको लागि यो सम्मान र भेट बिशेष रहने पनि देखिन्छ कारण उनको खोजि गर्ने बेलामा कुलेन्द्रको पनि चर्चा हुने गर्दछ।

बर्षौ देखि संगै धेरै गीत गाएका यो जोडीलाई सालको पातले भने इतिहासनै बदल्ने गरि रेकर्ड राखिदियो जसको फल स्वरूप बिष्णु माझीको यस बर्ष आएको नया गीत ‘चरी जेलैमा’को अर्को एउटा उदाहरण रहयो।तीजमा झन्डै २० दिनमै २ करोड दर्शकले उक्त गीत हेरेका छन जसले गर्दा झन् बिष्णु माझीको चर्चा चुलेको हो। लालिगुरांस.कमबाट

साताकाे चर्चित
सम्बन्धित