विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना
विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना
    • Bell Sanchar

    • १८ आश्विन २०७८, सोमबार

बैतडी । पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ ।

गत साता एक विद्यार्थी र एक शिक्षकमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ वर्षीया छात्रामा कोरोना पुष्टि भएको हो । योसँगै उक्त विद्यालयमा एक शिक्षक र दुई विद्यार्थीमा संक्रमण देखिइसकेको छ । पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार संक्रमण पुष्टि भएका शिक्षक र विद्यार्थी होम आइसोलेशनमा बसिरहेका छन् । उनले भने,“संक्रमितको स्वास्थ्य अवस्था जटिल छैन, उनीहरु सबै होम आइसोलेशनमा बसिरहेका छन् ।संक्रमण देखिएपछि अन्य शिक्षक र विद्यार्थीको पनि पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा १०६ जनाको स्वाब संकलन गरिएकामा ७५ जनाको रिपोर्ट आएको छ । यसैबीच शिक्षक विद्यार्थीमा कोरोना देखिएपनि विद्यालय भने नियमित रुपमा सञ्चालनमा रहेको छ । स्वास्थ्यका मापदण्ड पालना गरेर पठनपाठन सञ्चालन गरिएकोे विद्यालयले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित