आप्रवासीका लागि टोकियो विश्वको चौंथो सर्वाधिक महँगो शहर
आप्रवासीका लागि टोकियो विश्वको चौंथो सर्वाधिक महँगो शहर
    • Bell Sanchar

    • ३० आश्विन २०७८, शनिबार

मर्सरले गरेको जीवनयापन खर्चसम्बन्धी सर्वेक्षणअनुसार जापानको राजधानीमा जीवन निर्वाह सस्तो भएको छ । विदेशी आप्रवासीका लागि टोकियो विश्वको चौथो सर्वाधिक महँगो शहरका रुपमा रहेको छ ।गत वर्ष भने यो सूचिको तेस्रो स्थानमा रहेको थियो । यसै वर्षको शुरुमा जापान काम गर्नका लागि बसाई सर्न खोजिरहेका मानिसहरुको लागि विश्वको छैठौं रुचाइएको शहर बनेको थियो । मर्सरको पछिल्लो सर्वेक्षणअनुसार जापानका तीन मुख्य शहरहरु विदेशी आप्रवासीका लागि विश्वमै सबैभन्दा महँगो ४० शहरभित्र परेका छन् । विश्वको सबैभन्दा महँगो शहर तुर्कमेनिस्तानको आश्गाबात रहेको छ । दोस्रो र तेस्रो स्थानमा भने हङकङ र बेरुत छ । ओसाका सूचिको २३ औं स्थानमा रहेको छ भने नागोया ३४ औं स्थानमा छ ।प्रतिवेदनमा विश्वभरका २०९ शहरलाई घरभाडा, यातायात, खाना र मनोरञ्जन लगायत सामान्य जीवनयापन खर्चका आधारमा सूचिकृत गरिएको छ । सर्वेक्षणमा न्यूयोर्कलाई आधार मानेर शहरहरुबीच तुलना गरिएको छ । सर्वेक्षणको उद्देश्य विदेशी कामदारलाई काममा राख्दा उपर्युक्त तलब उपलब्ध गराउन रोजगार दातालाई मद्दत गर्नु हो ।

साताकाे चर्चित
सम्बन्धित