निमित्त नायवी सरकार टिप्पणी गर्न पनि लायक रहेन : केपी ओली
निमित्त नायवी सरकार टिप्पणी गर्न पनि लायक रहेन : केपी ओली
    • Bell Sanchar

    • ३ कार्तिक २०७८, बुधबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निमित्त नायवी सरकार भएको बताएका छन् ।

बागमती प्रदेश आयोजक कमिटीको बैठक सम्बोधन गर्दै ओलीले यो सरकार निमित्त नायवी रहेकाले टिप्पणी गर्न पनि लायक नरहेको बताए ।

‘यो सरकार आलोचना गर्न पनि लायक रहेन । टिप्पणी गर्न पनि लायक रहेन । जसको नायवी छ, पर्दा पछाडि छ, अगाडि छ, अर्काले चलाएको नायवी छ’, ओलीले प्रश्न गरे, ‘यो सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्छ ?’

ओलीले आगामी चुनावमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने बताए । तर कांग्रेससँग जनतालाई भन्ने एजेण्डा नरहेको बताए । बाँकी दलहरुले भने चुनावमा च्याँखे थाप्ने ओलीले बताए ।

तर च्याँखे थाप्ने दलहरु आगामी चुनावबाट पराजित हुने बताए ।

साताकाे चर्चित
सम्बन्धित