ताइवानलाई चीनले आक्रमण गरे अमेरिका हेरेर बस्दैन : बाइडेन
ताइवानलाई चीनले आक्रमण गरे अमेरिका हेरेर बस्दैन : बाइडेन
    • Bell Sanchar

    • ५ कार्तिक २०७८, शुक्रबार

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चीनले ताइवानलाई आक्रमण गरे अमेरिकाले रक्षा गर्ने बताएका छन् । टाउनहलमा के अमेरिकाले ताइवानको रक्षा गर्छ भनी सोधिएको प्रश्नको जवाफ दिँदै राष्ट्रपति बाइडेनले आफूहरू त्यसो गर्न प्रतिबद्ध भएको बताएका हुन्।                                                        उनले भने, “अँ, त्यसो गर्न हामी प्रतिबद्ध छौँ ।” यसले लामो समयदेखिको नीतिबाट अमेरिका स्पष्ट रूपमा अलग भएको देखिन्छ । तर, ह्वाइटहाउसका प्रवक्ताले केही अमेरिकी सञ्चारमाध्यमलाई राष्ट्रपति बाइडेनको टिप्पणीले अमेरिकी नीति परिवर्तन भएको नजनाउने बताएका छन् । ताइवानले बाइडेनको वक्तव्यले चीनसँगको उसको अडानमा परिवर्तन नहुने प्रतिक्रिया दिएको छ ।ताइवान रक्षाको मुद्दा उठ्ने बेला अमेरिकाले लामो समयदेखि ‘रणनीतिक अस्पष्टता’को अभ्यास गर्दै आएको छ । यसको अर्थ यदि चीनले ताइवानलाई आक्रमण गर्यो भने के गर्ने भन्नेबारे अमेरिका सुनियोजित रूपमा अस्पष्ट छ । चीनले ताइवानलाई आवश्यक परे बल प्रयोग गरी फिर्ता लिने एक छुट्टिएको प्रान्त ठान्छ जबकी ताइवानले आफूलाई सार्वभौम राज्य भएको दाबी गर्छ ।अमेरिकाको ताइवानसँग आधिकारिक कुटनीतिक सम्बन्ध छैन तर ताइवान रिलेसन एक्ट (ताइवान सम्बन्ध विधेयक)को भागका रूपमा हातहतियार बेच्छ, जसले ताइवानले आफ्नो रक्षा आफैंले गर्न अमेरिकाले सहयोग गर्नैपर्ने भन्छ ।बाइडेनको वक्तव्यको बारेमा ताइवानको राष्ट्रपति कार्यालयले उसले अमेरिकी समर्थन पाए न दबावको अगाडि नझुक्ने प्रतिक्रिया दिएको छ । राष्ट्रपतिका प्रवक्ताले बाइडन प्रशासनको चट्टानी समर्थन स्वीकार गर्दै ‘ताइवानले आफ्नो रक्षा गर्न दृढ प्रतिबद्धता देखाउने’ बताएका छन् ।हालैका साताहरूमा बेइजिङले ताइवानको एयर डिफेन्स जोनमा युद्धविमानहरू उडाएपछि चीन र ताइवानबीच तनाव बढिरहेको छ ।बाइडनले चीनसँगको अभिप्रायगत द्वन्द्वको बारेमा आफू चिन्तित नरहेको पनि बताएका छन् । आफूहरू विश्व इतिहासकै सबैभन्दा शक्तिशाली सैन्य शक्ति भएको चीन, रुस र बाँकी विश्वलाई थाहा भएको भन्दै चिन्ता गर्नु आवश्यक नरहेको उनको भनाइ छ । बरु उनीहरूले गम्भीर गल्ती गर्ने अवस्थामा पुग्छन् कि पुग्दैनन् भन्ने चिन्ताको विषय भएको उनको भनाइ छ । –बीबीसी

साताकाे चर्चित
सम्बन्धित