इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन
इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन
    • Bell Sanchar

    • ६ कार्तिक २०७८, शनिबार

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार बिहान निधन भएको छ। अधिकारी नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत हुन्। लामो समयदेखि ब्रेस्ट क्यान्सरपीडित अधिकारीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमामा मृत्यु भएको हो । शिक्षण अस्पताल पुगेका इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङका अनुसार अधिकारीको मृत्यु बिहान सात बजे भएको हो। ५१ वर्षीया अधिकारीका तीन छोरी छन्।

साताकाे चर्चित
सम्बन्धित