तेह्रथुम पावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत
तेह्रथुम पावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत
    • Bell Sanchar

    • ११ कार्तिक २०७८, बिहीबार

तेह्रथुम पावर कम्पनीको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित ४० लाख कित्ता सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको आठ लाख कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको चार लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २८ लाख कित्ता सेयर सूचीकरण भएको छ ।

उक्त आईपीओको अब आइतबारबाट दोस्रो बजारमा कारोबार सुरु हुनेछ । नेप्सेका अनुसार दोस्रो बजारमा कारोबारका लागि ८४ दशमलव ७४ रुपैयाँदेखि दुई सय ५४ दशमलव २२ ओपन रेञ्ज निर्धारण भएको छ ।

साताकाे चर्चित
सम्बन्धित